हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पहिरो



Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

नेपाल समाचारपत्र, काठमाडौं ।

चार दिनपछि मंगलबारमात्रै खुलेको नेपाल स्टक एक्सचेन्ज –नेप्से) मा उच्च अंकको गिरावट भएको छ । यस दिन नेप्से परिसूचक ५६ दशमलव शून्य ३ अंकले घटेर ३१२४ दशमलव ८७ बिन्दुमा झरेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४३ खर्ब ६६ अर्ब ६ करोड १९ लाख रुपियाँमा रहेको छ ।

कुल २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार कित्ता शेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपियाँमा कारोबार भएको छ। प्रिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार २० अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको थियो ।

साताको पहिलो कारोबार हुँदा झण्डै दुई दर्जन जलविद्युत् कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट कारोबार भएको छ। १० प्रतिशतको हाराहारीमा शेयर मूल्य घट्नेमा नेसननल हाइड्रोपावर, जलविद्युत् लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्येश्वरी हाइड्रोपावर रहेका छन्।

त्यस्तै सिनर्जी पावर, नेपाल हाइड्रो डेभलपर, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रुरु जलविद्युत् परियोजना, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनर, लिवर्टी इनर्जी, र माउन्टेन हाइड्रो रहेका छन् ।

समग्र परिसूचक घटे पनि गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको शेयर मूल्य भने १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको हो । यस्तै सेन्ट्रल फाइनान्सको, नेको इन्स्योरेन्स र जनरल इन्स्योरेन्सका लगानीकर्ताले पनि धेरै कमाएका छन्।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर अगाडि छ । यस कम्पनीको ७५ करोड ४३ लाख रुपियाँको शेयर कारोबार भएको छ भने अरुण काबेली हाइड्रोपावरको ७१ करोड ९१ लाख, नेसननल हाइड्रोपावरको ५८ करोड ५३ लाख, रिद्धि हाइड्रोपावरको ४७ करोड २० लाख र नेपाल बैंकको ४१ करोड ७६ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ। कारोबारमा आएका १३ समूहमा दुई उपसमूहको परिसूचक बढे पनि बाँकी ११ समूहको सूचक घटेको छ। सबैभन्दा बढी हाइड्रोपावर समूह ६ दशमलव २१ प्रतिशतले घटेको छ ।

यस्तै, बैंकिङ समूह १९ दशमलव ८२, व्यापार समूह ६२ दशमलव ५३, होटल तथा पर्यटन समूह १७ दशमलव शून्य २, विकास बैंक समूह २४३ दशमलव ८९, उत्पादन समूह १५७ दशमलव ४, अन्य समूह ३० दशमलव शून्य २, लघुवित्त ३१ द्यशमलव ४५, जीवन बीमा समूह १४३, सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य १ र लगानी समूह ५ दशमलव २५ अंकले घटेको छ । तर, वित्त समूह ४५ दशमलव ७९ र निर्जीवन बीमा समूह ११२ दशमलव ८ अंकले बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्