जम्मा ५ अर्बले पुँजी वृद्धि



काठमाडौं, (नेस) ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता सामान्य रहेको छ । अन्य दिन झिनो अंकले बढ्दै गए पनि अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले घटेका कारण साताभरको स्थिति सामान्य रहेको हो । यस साता नेप्सेको कुल बजार पुँजीकरण ५ अर्ब रुपियाँ बढेर ४४ खर्ब ४३ अर्ब रुपियाँ पुगेको छ ।

नेप्से यस साता १ दशमलव ७८ अंक मात्रले बढेर ३१८० दशमलव ७८ बिन्दुमा पुगेको छ । यद्यपि, यो साता नेप्से परिसूचक ३१९९ दशमलव शून्य ३ बिन्दुमा पुगेर उच्च बिन्दुको रेकर्ड बनाएको छ । नेप्से सामान्य बढे पनि यस साता कारोबार रकम भने उच्च बढेको छ । गत साता ७९ अर्ब २४ करोडको शेयर कारोबार भएकोमा यस साता ९७ अर्ब ५९ करोड बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्