नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं, (नेस) ।

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० दोहोरो अंक अर्थात १८ दशमलव २४ अंकले घटेर ३१८० दशमलव ७८ बिन्दुमा सीमित भएको छ । कुल २२९ कम्पनीको तीन करोड नौ लाख १२ हजार कित्ता शेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४४ खर्ब ४३ अर्ब १८ करोड सात लाख ८८ हजार रुपियाँमा झरेको छ ।

नेप्सेमा कारोबार भएका १३ समूहमध्ये पाँच समूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ समूहको शेयर ओरालो लागेको छ । जसमध्ये व्यापार १८ दशमलव ७१, निर्जीवन बीमा ४५७ दशमलव ४७, अन्य ३४ दशमलव २२, लघुवित्त ५० दशमलव ६३ र जीवन बीमा ४६८ दशमलव ५७ अंकले बढेको छ । यस्तै बैंकिङ १९ दशमलव ५५, होटल तथा पर्यटन ३० दशमलव शून्य ७, विकास बैंक १६२ दशमलव ४५, जलविद्युत् १२३ दशमलव ३१, वित्त ७३ दशमलव ३१, उत्पादन १९ दशमलव २८, सामूहिक लगानी कोष शून्य दशमलव १ र लगानी ४ दशमलव ९२ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा अरुण काबेली अगाडि रहेको छ । सो कम्पनीको एक अर्ब १६ करोड ७८ लाख ३२ हजार रुपियाँको कारोबार भई भएको छ । त्यस्तैअरुण भ्याली हाइड्रोपावरको एक अर्ब १६ करोड ५२ लाख ४० हजार, नेशनल हाइड्रोपावरको ८३ करोड ३२ लाख २० हजार, रिडी हाइड्रोपावरको ५७ करोड ९८ लाख ६१ हजार र एचआईडीसीएल ४८ करोड ६९ लाख सात हजार रुपियाँको कारोबार भएको छ । यस दिन जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले मूल्यवृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै रिडी हाइड्रो पावर ८ दशमलव ५९, साना किसान लघुवित्त ७ दशमलव ५१, सीईडीबी हाइड्रोपावर ६ दशमलव ९५ र युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ६ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ । तर, एचआईडीसीएल, खानीखोाला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आउँदै नकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अफ पावर र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले पनि उच्च गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्