नेप्सेमा झिनो सुधार



काठमाडौं, (नेस) ।

साताको दोस्रो दिन सोमबँर नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ५ दशमलव ७२ अंकले बढेर ३१६० दशमलव शून्य ५ बिन्दुमा पुगेको छ । कुल २२७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार कित्ता शेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार रुपियाँ कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको समग्र बजार पुँजीकरण ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख रुपियाँ पुगेको छ ।

यस दिन कारोबार भएका १३ समूहमध्ये ६ समूहको सूचक घटेको छ भने बाँकी सात समूहको सूचक बढेको छ । जसमध्ये बैंकिङ समूह ११ दशमलव ३३, होटल तथा पर्यटन समूह ३२ दशमलव ७३, वित्त समूह २८ दशमलव ५१, निर्जीवन बीमा समूह ६७ दशमलव ३६, जीवन बीमा समूह १७२ दशमलव ८७ र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ३ अंकले घटेका छन् । तर, व्यापार समूह ६४ दशमलव ७३, विकास बैंक समूह ७४ दशमलव ७३, जलविद्युत् समूह ४० दशमलव १२, उत्पादन समूह १५८ दशमलव ९८, अन्य समूह ३ दशमलव ६, लघुवित्त समूह ५६ दशमलव ८२ र लगानी समूह २ दशमलव ६८ अंकले बढेका छन् ।

त्यस्तै कारोबार रकमका आधारमा र नेसनल हाइड्रोपावर अगाडि रहेको छ । सो कम्पनीको ७४ करोड ९७ हजार रुपियाँको शेयर कारोबार भयो । साथै नेपाल बैंकको ६४ करोड ७० लाख २४ हजार, एचआईडीसीएलको ५४ करोड ८४ लाख ७४ हजार, ङादी ग्रुप अफ पावरको ४८ करोड ४८ लाख ८६ हजार, अपि पावर कम्पनीको ४७ करोड ९७ लाख ३१ हजार रुपियाँको कारोबार भएको छ ।

यसैगरी नेसनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतको वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ भने आईसीएफसी फाइनान्स, माउन्टेन इनर्जी नेपाल, यूनियन लाइफ इन्स्योरेन्स, ङादी ग्रप अफ पावर र नेपाल एसबीआई बैंकका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्