नेप्से निरन्तर उकालो



काठमाडौं, (नेस) ।

साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार आएको छ । यस दिन नेप्से १ दशमलव ५४ अंकले बढेर ३१०९ दशमलव ६६ बिन्दुमा पुगेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ४३ खर्ब ४० अर्ब १३ करोड ४९ लाख २रुपियाँभन्दा माथि पुगेको छ ।

कुल २२५ कम्पनीको २ करोड ५३ लाख ९३ हजार कित्ता शेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार रुपियाँ कारोबार भएको छ । यस दिन कारोबार भएका १३ समूहमध्ये सबैभन्दा बढी जलविद्युत् समूहको बढेको छ । यो समूहको सूचक ११९ दशमलव ५७ अंकले बढेको छ । यस्तै वित्त समूह ९० दशमलव ९१, निर्जीवन बीमा ३९, अन्य समूह ८ दशमलव ४१, जीवन बीमा समूह ४८ दशमलव ४ अंकले बढेको छ । तर, बैंकिङ समूह १२ दशमलव शून्य ८, व्यापार समूह ४३ दशमलव ८३, होटल तथा पर्यटन समूह ३७ दशमलव ६६, विकास बैंक समूह ५३ दशमलव १२, उत्पादन समूह ५५ दशमलव ८२, लघुवित्त समूह ५५ दशमलव ४४, सामूूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ६ र लगानी समूह शून्य दशमलव ६४ अंकले घटेका छन् ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । सो कम्पनीको ६७ करोड ४८ लाख ५५ हजार रुपियाँको शेयर कारोबार भयो । त्यस्तै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको ५८ करोड ९९ लाख ३९ हजार, अपि पावर कम्पनीको ५३ करोड ८० लाख ६० हजार, सिनर्जी हाइड्रोपावरको ५० करोड ४५ लाख ३५ हजार र युनाइटेड मोदीको ४५ करोड ९० लाख ५७ हजार रुपियाँको शेयर कारोबार भएको छ ।

सोमबारको कारोबारमा आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, युनियन हाइड्रोपावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप अफ पावर र युनियन लाइफ इन्स्योरेन्सको शेयरमा मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर, एसबीएल डिवेन्चर, माछापुच्छ्रे बैंकको ऋणपत्र, कर्णाली डेभलपमेन्ट बैंक, सारथी नेपाल लघुवित्त र नेरुडे लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्