नेप्सेमा झिनो सुधार



काठमाडौं, (नेस) ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक शून्य दशमलव ६६ अंकले बढेर ३१०८ दशमलव १२ बिन्दुमा पुगेको छ ।

कुल २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार कित्ता शेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपियाँमा कारोबार भएको छ । यस दिन कारोबार भएका १३ समूहमध्ये छ समूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेकोको छ । जसमध्ये बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, उत्पादन र सामूहिक लगानी कोष बढेका छन् । यस्तै, व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूह घटेका छन् ।

कारोबार रकमका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८१ करोड ९२ लाख २४ हजार ५६० बराबरको कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावर ६० करोड ७१ लाख छ हजार ४९३, युनिभर्सल पावर ५४ करोड ८१ लाख दुई हजार ५६७, ङादी ग्रुप अफ पावरको ४९ करोड ४७ लाख आठ हजार १४४ र बुटवल पावर कम्पनी ३८ करोड ४९ लाख ८९ हजार ५६ रुपियाँको कारोबार भएको छ ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, एनआइसि एशिया ऋणपत्र ७.३७, गुराँस लघुवित्त ४.०८, जनउत्थान सामुदायिक लघुवित्त ३.७७, सबैको लघुवित्त ३.३५ र महिला लघुवित्तका लगानीकर्ताले ३.१८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्