बार्सिलोनाबाट बिदाइ हुँदा भक्कानिए मेसी



काठमाडौं ।

बार्सिलोनाको अन्तिम बिदाइमा लियोनल मेस्सी रोएका छन् । आइतबार बार्सिलोनाले कप्तान मेस्सीको बिदाईको पत्रकार सम्मेलन आयोजना गरेको थियो । बार्सिलोना छाड्नुअघि आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा गहभरि आँसु पार्दै सहभागी भएका छन्

बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा गरिएको पत्रकार सम्मेलनको पोडियममा आइपुग्दा मेस्सी भावविह्वल बनेका हुन् । २१ वर्ष बार्सिलोनामा बिताएर विछोडिनु पर्दाको पीडा सुनाउँदै मेस्सीले आफूले बार्सिलोना छाड्ने कहिल्यै कल्पना नगरेको बताए । उनले आफू बार्सिलोनानै बस्न तयार भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्