हतियार कारोबारमा संलग्न तीन जना पक्राउ

980
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा प्रहरीले वीरगन्जमा हतियारको खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का २२ वर्षीय अनिल पटेल, २० वर्षीय रक्की पटेल तथा पर्साकै पोखरीया नगरपालिका वडा नम्बर २ का २० वर्षिय विक्रान्ता पटेल रहेका छन् ।

उनिहरुको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । वीरगन्ज १५ लक्ष्मणवा चोक स्थित एक होटलमा बसेर ३ जनाले हतियार खरिदबक्रिी गरिरहेको सुचना प्रहरीले पाएको थियो । त्यहि सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा बसेर खाजा खाइरहेका ती जना मध्ये अनिलको शरिर खानतालाशी गर्दा एक थान कटुवा पेस्तोल बरामद भएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

पेस्तोल सहित तीनै जना युवक र उनिहरुको साथमा रहेको २ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको खनालले बताउनुभयो । तीनै जना युवकलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर हातहतियार सम्बन्धी कसूरमा अनुन्धान अगाडि बढाइएको खनालले जानकारी दिनुभयो ।

प्रहरीले समाएको पाडा भन्सारले छाड्यो

सशस्त्र प्रहरी पर्साले भारतबाट तस्करी गरि ल्याइएको भनेर नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको एक ट्रक पाडा , भन्सार कार्यालयले फिर्ता गरि दिएको छ । पर्साको जगरनाथपुर गाँउपालिकाबाट ट्रकमा लोड गरेर काठमाण्डौ लैजादै गरेको ३० वटा पाडा , वीरगन्जको पिपरा स्थित सडकबाट आज बिहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको थियो ।

तर वीरगन्ज भन्सार कार्यालयले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको पाडा , नेपालकै गाँउमा खरिद गरिएको पुष्टि भएपछि सम्बन्धित पाडाधनीलाइ जिम्मा लगाएर पठाइ दिएको हो । पाडाधनीले नेपालकै गाँउमा खरिद गरिएको , गाँउपालिका कार्यालयले सिफारिस गरेको र पशु क्वारेन्टिनमा परिक्षण गरिएको लगायतका कागजपत्र देखाएपछि फिर्ता गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व अर्यालले बताउनुभयो ।

पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले भने भारतबाट तस्करी गरि जगरनाथपुर गाँपालिकामा ल्याइएको पाडा ट्रकमा लोड गरेर काठमाण्डौ लैजान थालिएको सुचनाका आधारमा पाडा सहितको ट्रक नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइ दिएको भएपनि भन्सार कार्यालयले ती पाडाहरु सम्बन्धित व्यपारीलाइ फिर्ता गरि दिएको जानकारी आफुले पाएको बताउनु भयो ।

जगरनाथपुरका स्थानीयवासीले भने पाडाको तस्करीमा गाँउपालिकाकै जनप्रतिनिधहरु संलग्न रहेको बताएका छन् । दिनहु भारतबाट अवैध रुपमा सिमा कटाएर ल्याइएका पाडा जगरनापुर गाँउपालिकामा जम्मा गरेर त्यहाबाट ट्रकमा लोड गरि काठमाण्डौ पठाउने काम भइरहेको स्थानीयवासीले बताएका छन् ।