कर्णालीका सबै नागरिकलाई कोरोना खोप : मन्त्री क्षेत्री

112
Shares

दीपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउनुभएको छ ।

आइतबार संवाद समुह सुर्खेतद्धारा वीरेन्द्रनगरमा आयोजीत कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा कर्णालीका सवै नागरिकहरुलाई कोरोना खोपको ब्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभएको हो ।

औषधी र जनशक्तिको अभावमा कर्णालीका नागरिकले सेवाबाट बञ्चित नहुने बताउदै मन्त्री बुढाक्षेत्रीले सबैैभन्दा पहिला नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएकोले सरकारको ध्यान नागरिकको स्वास्थ्यमा केन्द्रित भएको बताउनुभयो ।

जनता बचाएअरु विकास विस्तारै हुने बताउदै मन्त्री बुढाक्षेत्रीले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका विभिन्न स्थानीय तहहरुसँग समेत सहकार्य गरेको बताउनुभयो ।

“नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौं, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकता स्वास्थ्य राखेका छौं ” उहाँले भन्नुभयो । प्रदेशका विभिन्न नाकाहरुमा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको मन्त्री बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

 

कोरोनाको तेस्रो भेरियण्टको तयारीमा कर्णाली

कोरोना महामारीको पहिलो र दोस्रो भेरियण्ट पार गरिसकेपछि तेस्रो भेरियण्टवाट वच्न कर्णाली प्रदेश सरकार तयारीमा जुटेको छ । कोरोनाको पहिलो र दोस्रो भेरियण्ट पार गरेर तेस्रो भेरियण्टको आवश्यक तयारीमा प्रदेश सरकार लागि परेको मन्त्री बुुढाक्षेत्रीले जानकारी दिनुभयो । “कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरिण्टको आवश्यक तयारी, जनशक्ति, उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ” मन्त्री बुढाक्षेत्रीले भन्नुभयो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगरमा नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्टको स्थापनाको काम अन्तिम चरणमा रहेका उहाँले जानकारी दिनुभयो ।