डिआईजी कँडेलको कार्यशैलीप्रति प्रहरी अधिकृतनै असन्तुष्ट

5.7k
Shares

हेमन्त पौडेल, धनगढी ।

सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी पुरुषोत्तम कँडेलको कार्यशैलीप्रति प्रहरीअधिकृतहरुनै असन्तुष्ट देखिएका छन् । असार १६ गते धनगढी आइपुग्नु भएका डिआईजी कँडेलले हालसम्म सुदूरपश्चिम प्रहरीको पवक्ता समेत तोक्नु भएको छैन भने उहाँको आफ्नो सचिवालय समेत निर्माण गर्नुभएको छैन । दुवै काम तत्काल नभएकाले काम गर्न कठिनाई हुने गरेको प्रहरी अधिकृतहरुनै गुनासो गर्ने गरेकाछन् ।

डिआईजी कँडेल एक महिना सम्म ब्रिफिंग मात्र लिईरहनु भएको छ तर कार्यालय ब्यवस्थापन गर्न सक्नु भएको छैन । नेपाल प्रहरीको आर्थिक प्रशासन माहाशाखाबाट सरुवा भई आउनुभएका डिआइजी कँडेल युनिट यूनिटको भ्रमणमा निस्कने गर्नुभएको छ । हाल सुदूरपश्चिम प्रहरी प्रवक्ताले बोक्ने मोवाईल नम्वर ९८५८४८८५४४ डिएस्पी भरत चौधरीले बोक्ने गर्नुभएको छ । औपचारिक रुपमा प्रहरी प्रवक्ता पनि नतोक्ने र डिआईजीसंग सूचना माग्दा प्रवक्ता संग कुरा गर्नुस मैले कुरा गर्न मिल्दैन प्रहरी ऐन पढ्नुस भन्दै फोन राख्नु भएका डिआईजीले नत फोन उठाउनुहुन्छ नत म्यासेजको जवाफ पठाउनुभएको छ ।

करिब एक महिनायता सुदूरपश्चिमप्रदेश प्रहरी कार्यालयको व्यवस्थापनमा देखिएको कमजोरीले कार्यालयमा हुनुपर्ने घटनाक्रम तथा सूचनाहरु अभिलेखिकरणमा समस्या देखिको छ । पहिलाको सचिवालय खारेज गरेपछि नयाँ जिम्मेवारी समेत तोक्नुभएको छैन ।

सात पहाडी र दुई तराईका गरेर नौ जिल्ला रहेको यस प्रदेशका विभिन्न स्थानमा हुने सबै प्रकारका घटनाको विस्तृत जानकारी प्रदेश प्रहरी प्रमुखलाई अनिवार्य हुनु पर्ने हुन्छ तर सचिवालयनै नहुँदा उक्त काम प्रभावित भएको छ । प्रदेश प्रहरी प्रमुखले एक्लैले त्यो सबै जानकारी दिन र अभिलेख राख्न सम्भव छैन एक प्रहरी अधिकृतले भन्नुभयो । डिआईजी कँडेल प्रहरी माहानिरिक्षक शैलेश थापा क्षेत्रका ब्याजी हुनुहुन्छ । वि सं २०४९ सालमा प्रहरी निरिक्षकबाट दुवै जनाले जागिर शुरु गर्नुभएको हो ।