ओडारमा लुकाइराखेको अवस्थामा २२ नाल भरुवा बन्दुक भेटियो

8.7k
Shares

न्युज अफ नेपाल, बागलुङ । 

प्रहरीले बागलुङको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओडारमा लुकाइराखेको अवस्थामा २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभानबाट खटिएको प्रहरी टोलीले सो बन्दुक फेला पारेको हो ।

जनावरको चोरीसिकारी बढेसँगै पछिल्लो समय स्थानीयवासीलाई बन्दुक राख्न प्रतिबन्ध लगाइएको थियो । भेटिएका बन्दुक स्थानीयवासीले नै लुकाइराखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।