वीर अस्पतालकी पूर्व नर्सिङ इन्चार्ज बोहराको निधन

14
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मिर्गौलाको उपचार गराईरहेकी वीर अस्पतालकी पूर्व नर्सिङ इन्चार्ज सरिता बोहराको निधन भएको छ । नर्सिङ सेवामा अब्बल रहेकी बोहराको सेवा र सुविधा लिनेमा उच्च पदस्त राजनेता देखि सर्वसाधारण सम्म भएको सहकर्मीहरुको फेसबुक वालमा पोष्ट गरिएको स्ट्याटसले प्रष्ट्याउँछ ।

बोहराको केही समय देखि वीर अस्पतालमा नै उपचार भैरहेको र उपचारकै क्रममा निधन भएको नेपाल नर्सिङ संघले जनाएको छ ।
मृगौलाको समस्याका साथै केही समय अगाडी उहाँमा कोरोना संक्रमण समेत पुष्टि भएको वीर थियो । उहाँ दुई बर्ष अगाडी मात्रै वीर अस्पतालबाट स्वेच्छिक अवकास पाउनुभएको थियो ।