प्रधानमन्त्री देउवा खुमलटारमा, प्रचण्ड पत्नी सीताको स्वास्थ्य लाभको कामना

1.5k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न उनी खुमलटार पुगेका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार देउवाले दाहालको स्वास्थ अवस्थाका बारेमा जानकारी लिएका छन् । गंगा दाहालका अनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्यको बारेमा जानकारी लिँदै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।