स्वास्थ्य सचिव डा.पोखरेलद्वारा पदभार ग्रहण

770
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविकिध तर्फको स्वास्थ्य सचिव डा. रोसन पोखरेलले मंगलबार कोरोना बिरुद्धको खोप व्यवस्थापन गर्ने तर्फ केन्द्रित हुने प्रतिबद्धता गर्दै पदभार ग्रहण गर्नुभएको छ । उहाँले सचिव पदको जिम्मेवारी सम्हाल्दै भन्नुभयो—मेरो पहिलो प्राथमिकता यो बिसम परिस्थितमा सबै नागरिकलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउने बिषयमा केन्द्रित हुने छ ।

यसका साथै नियमित रुपमा आवश्यक स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने तर्फ व्यवस्थापन गर्नेमा केन्द्रीत गर्नेछु । पछिल्लो समय चिकित्सकको परामर्श नै नलिई एन्टिबायोटिक जथाभावि बिक्री–वितरण भएको र यसले मानव शरिरमा नकारात्मक प्रभाव पार्ने बिषयमा विज्ञहरुले औल्याउँदै आउँनुभएको बिषय बस्तुलाई गम्भिरता पूर्वक लिई आजै देखि लागि पर्नेछु भन्दै एन्टिबायोटिकको जथाभावि बिक्री–वितरण रोक्न समिति गठन गर्न तयार पारिएको फाइलमा हस्ताक्षर गर्नुभएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक औषधि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भए पनि व्यवहारिक रुपमा यसको पूर्ण पालना नहुँदा सहजै औषधि पसलेको सल्लाहमा एन्टिबायोटिक प्रयोग गर्नेको संख्या बढेको र जनस्वास्थ्यमा ठूलो असर परेको स्वास्थ्य मन्त्रालयको ठम्याईछ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पोखरेललाई स्वास्थ्य सचिवमा नियुक्त गरेको हो । यसअघि पोखरेल मन्त्रालयको प्रमुख विशेषज्ञको कार्यभार समाल्दै आउँनुभएको थियो । ०७६ साल पुस २१ गते डा.पुष्पा चौधरीको राजीनामा स्वीकृत गरे यता स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त रहेको थियो ।