कक्षा १२ को परीक्षा भौतिक रुपमै सञ्चालन हुने

7.9k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोभिड-१९ केन्द्रीय संकट व्यवस्थापन केन्द्र (सिसिएमसि) ले सर्त सहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । यो अनुमति संगै अब कक्षा १२ को परीक्षा भौतिक रुपमै हुनेछ ।

सिसिएमसिको बैठकमा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका अधिकारीको बैठकमा सिसिएमसिले सर्त सहित परीक्षा सञ्चालन गर्न सहमति दिएको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सिसिएमसिले सर्त सहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न सहमति दिएको हो ।

अब मन्त्रीपरिषदको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि बोर्डले तयारी थाल्नेछ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले सिसिएमसिसंगको बैठकमा परीक्षा सञ्चालन गर्न अनुमति पाएको जानकारी गराउनुभयो