गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर हुँदै

1.9k
Shares

न्युज अफ नेपाल, कास्की ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्डकाले छिट्टै मन्त्रीमण्डल हेरफेर तथा विस्तार गरिन लागिएको बताउनु भएको छ ।

नेपाली काँग्रेस पोखरा–१६ ले मन्त्री खड्डको सम्मान तथा वडा अधिवेशन सम्बन्धी छलफल गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले अब एक दुई दिनमै पूर्णता पाउने बताउनु भएको हो । वहाँले हाल आफूले सम्हालै आएको मन्त्रालय समेत परिवर्तन हुने संकेत पनि दिनुभयो । यद्यपि मन्त्री खड्काले गठबन्धनको सरकारमा थप विस्तार तथा हेरफेर हुने मन्त्रालय क–कसको भागमा पर्छ भन्ने कुरा केही खुलाउनु भएन । तर मन्त्रालयको बाँडफाँडमा गठबन्धनका दलहरूबीच सहमति भइसकेको वहाँले खुलासा गर्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस पोखरा–१६ का इकाई सभापति होमबहादुर बानियाँले मन्त्री खड्कालाई दोसल्ला ओढाई सम्मान तथा वधाई ज्ञापन गर्नुभएको थियो । सोही समारोहमा नेपाल तरुण दल पोखरा १६ को सभापति विक्रम बस्नेतले तरुणहरुको तर्फबाट मन्त्री खड्कालाई सम्मानपत्र सहित बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस पोखरा–१६ का पूर्व इकाई सभापति शिवराज देवकोटा, नेविसंघकी नेतृ सुदिक्षा बानियाँ लगायतले मन्तव्य राखेका थिए ।

अधिवेशन गर्न कार्यदल गठन

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका बमोजिम यही श्रावण १२ गते हुने वडा अधिवेशन गर्न गर्न सोमबार नै एक कार्यदल गठन गरिएको छ । वडा ईकाई सभापति होमवहादुर बानियाँका अनुसार, कार्यदलमा नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवै गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री समेत रहनुभएका कुमार खड्का, वडा इकाई सभापति होमबहादुर बानियाँ, सहसभापति दिलनाथ आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, महाधिवेशन प्रतिनिधिहरु राधाकृष्ण गुरुङ र पदमसिंह गुरुङ पनि सो कार्यदलमा रहेका छन् । त्यस्तै क्षेत्रीय प्रतिनिधि राजेन्द्रबहादुर देवकोटा, पूर्व क्षेत्रीय सभापति ऋषिराज आचार्य, पूर्व वडा इकाई सभापति शिवराज देवकोटा, क्षेत्रीय प्रतिनिधित्रय धर्मराज थापा, ज्ञानबहादुर कार्की र विष्णु भटट्टराई, अधिवक्ता हरिप्रसाद भट्टराई र कमला तिमिल्सिना समेत सो कार्यदलमा रहेका छन् । कार्यदलले सर्वसम्मत ढंगले अधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने बताइएको छ । वडा नं. १६ मा ५०६ जना क्रियाशील सदस्य रहेका छन्