प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५, विपक्षमा ८३ मत मात्रै

1.5k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।

उनलाई जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको पक्षमा मतदान गरेका थियो । यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने सांसदहरुले समेत देउवालाई विश्वासको मत दिएका छन् ।

एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका केही सांसदले मात्र विश्वासको मत दिएका छन् भने बाँकी संसद भवनबाट नै बाहिरिहएका थिए । जसपा ठाकुर पक्षले विश्वासको पक्षमा मतदान गर्ने भएपछि माधव समूह बिनै प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्ने आधार बनेको थियो ।