‘जिन्दगीभर भुल्न नसक्ने पीडा सँगालेर’ घर फर्किन् प्रथम महिला मार्टिन

राष्ट्रपति श्रीमानकाे हत्या हुँदा उनी पनि घाइते

224
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गोली हानी हत्या गरिएका हैटीका राष्ट्रपति जोभेनिल मिसेकी श्रीमती मार्टिन मिसे उपचारपछि शनिबार घर फर्केकी छन् । श्रीमान्माथि आक्रमण हुँदा सँगै रहेकी र घाइतेसमेत भएकी मार्टिन अमेरिकाको फ्लोरिडामा उपचार गराएर १० दिनपछि घर फर्केको बिबिसीले जनाएको छ ।

राष्ट्रपति जोभेनिलमाथि असार २३ का दिन आक्रमण भएको थियो । जोभेनिललाई क्यारेवियन समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । ‘जिन्दगीभर भुल्न नसक्ने पीडा सँगालेकी छु’ मार्टिनाले छोटो टिप्पणी गरेकी छन् ।

२६ कोलम्बियाली र दुई हैटीका गरी २८ जनाको टोलीले राष्ट्रपति जोभेनिलमाथि आक्रमण गरेको र कम्तीमा २० जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रत्याक्रमणमा तीन जना मारिएको र पाँच जना अझै फरार रहेको पनि प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा फ्लोरिडामा रहेर काम गर्दैआएका हैटीका नागरिक डाक्टर क्रिश्चियन इमानुल सानोन पनि मुख्य शंकास्पद व्यक्तिका रुपमा पक्राउ परेका छन् ।