संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

812
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले साउन २ मा गरेको सिफारिसअनुसार उक्त अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

केपी ओली सरकारको पालामा जारी भएको सो अध्यादेशको चर्को विरोध हुँदै आएको थियो । यही अध्यादेशका आधारमा गरिएको संवैधानिक नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

संवैधानिक व्यवस्था अनुसार अध्यादेश खारेज नभए संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने हुन्थ्यो । तर ओली सरकारका पालामा जारी भएको अध्यादेश संसदमा पेश नगर्नका लागि सरकारले खारेजीका लागि सिफारिस गरेको हो ।