ओली समूहको निर्णय: देउवालाई विश्वासको मत दिनेहरु पार्टीभित्र रहन्नन्

2.6k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालार्ई विश्वासको मत नदिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको एमाले बैठकले पार्टीको निर्णय विपरीत देउवालाई विश्वासको मत दिने सांसदलाई पार्टीबाटै हटाउने निर्णय समेत गरेको छ ।

गत २८ असारमा सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । एमालेकै माधव नेपाल र झलनाथ खनाल समूहले भने देउवाको पक्षमा मत दिने निर्णय गरेका छन् ।