देउवालाई विश्वासको मत दिन झलनाथको आग्रह (विज्ञप्तिसहित)

938
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गर्दै आज एक वक्तव्य जारी गरेका छन् ।

सर्वोच्च अदालतको फैसलाले लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई सहि बाटोमा ल्याउनुका साथै संविधानको संरक्षण गरेको खनालले बताएका छन् । सर्वोच्चको यो फैसलाले नेपालको संवैधानिक राजनीतिक विकासक्रमलाई दूरगामी प्रभाव पर्ने जनाउँदै खनालले फैसलाको विरोध गर्ने, मजाक उडाउने र भण्डाफोर कार्यक्रम गर्ने जस्ता कार्य कानुन र संविधान सम्म्त नहुने बताएका छन् ।