पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

140
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घन्टामा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१६४ जना संक्रमणमुक्त भएका छन्। यस्तै २१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ।