चिनियाँ खोपमाथि गुनासो र आशंका



दि न्युयोर्क टाइम्स । 

मंगोलिया, बहराइन र टापु राष्ट्र सिसिलिजले कोभिड–१९ बाट मुक्त भएर सामान्य जनजीवन फर्काउन सजिलै प्राप्त हुने चीनमा निर्मित खोप प्रयोग गर्ने निर्णय गरेका थिए । तिनीहरूले अर्थ व्यवसाय तत्काल शुरू गर्न विश्वका अन्य मुलुकमा खोपको हाहाकार भइरहेका बेला चिनियाँ खोपमा विश्वास गरेका थिए ।

तर, कोरोना भाइरसबाट पूर्ण मुक्ति मिल्नुको बदला ती तीनैवटा मुलुक अहिले यसको संक्रमणसँग संघर्ष गरिरहेका छन् । कोभिड–१९ को खतरनाक घटनाबाट समेत बचाउने र प्रभावकारी रहेको भन्दै गत वर्ष चीनले खोप कुटनीति अभियान शुरू गरेको थियो । त्यतिवेला यो खोप र अन्य खोपहरू संक्रमण रोक्न कति सफल हुन्छन् भन्ने यकिन गरिसक्ने अवस्था थिएन ।

अहिले विश्वका थुप्रै मुलुकहरूले चिनियाँ खोप विशेषगरी नयाँ भेरियन्ट संक्रमण रोक्न प्रभावकारी नरहेको गुनासो गरिरहेका छन् । सरकारले आफ्ना जनतालाई कुन खोप दिए भन्ने कुरामा बिरामी निको हुने दरमा भर पर्दछ । सिसिलिज, चिली, बहराइन र मंगोलियामा ५० देखि ६८ प्रतिशत जनतालाई खोप दिइएको थियो । आवर वल्र्डले देखाएको तथ्यांकअनुसार सो संख्या अमेरिकाको भन्दा बढी रहेको छ । माथि उल्लेखित चारैवटा मुलुक भने अहिले विश्वकै सबैभन्दा कोभिड प्रभावित १० मुलुकको सूचीमा परेका छन् ।

त्यहाँका अधिकांश जनताले चिनियाँ कम्पनी साइनोफार्म र साइनोभ्याक बोयोटेकले उत्पादन गरेका खोप लिएका छन् । युनिभर्सिटी अफ हङकङका भाइरस विशेषज्ञ जिन डाेंग्यानले यदि खोपहरू निकै प्रभावकारी भएको भए यो स्थिति देख्नुनपर्ने तथा यसको जिम्मेवार चीन भएको विचार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्