फ्रन्टलाइनरको सम्मानमा सडक कला


कोरोनाको महामारीमा क्रममा फ्रन्टलाइन (अग्रपंक्ति) मा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै रत्नपार्कको आकाशे पुलमा सडक कला बनाइएको छ।

उनीहरुको काममा थप हौसला मिलोस् भन्ने उद्देश्यले कलाकारहरुले सो सडक कला बनाएका हुन्। यी कलाकृति कलाकारहरु सांगे थिमे लामा, कृपा शेर्पा, सुम्निमा श्रेष्ठ र राजेश महर्जनले सिर्जना गरेका हुन्। सडक कला सिर्जनाका लागि कुन्र्जा शेर्पा, अभिषेक आत्रेय र मातृका तिमिल्सिनाले स्वयंसेवकका रुपमा सहयोग गरेका थिए। यो सिर्जनाको नेतृत्व दुर्जा शेर्पाले लिएका छन्।

कोरोनाको महामारीमा क्रममा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरुको सम्मान र स्मृतिमा सोमबार साँझ सोही स्थानमा मैनबत्ती बालेर श्रद्धाञ्जलि व्यक्त गरिएको थियो।