रहेनन् छायाँकार प्रधान


छायाँकार रामशंकर प्रधानको उपचारका क्रममा आइतबार राति १० बजे वीर अस्पतालमा निधन भएको छ। लामो समयदेखि मृगौला रोगसँग जुधिरहेका प्रधान वीर अस्पतालमा डाइलासिस गराउँदै आएका थिए।

लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा कुशल छायाँकारको रुपमा सक्रिय प्रधानले चोट, मनकामना, तपस्या, मिलन, सौता, महादेवी, नाता, श्रीस्वस्थानी, सान्नानी, चेली, रगत, चलचित्र, छोरो, फेरि तिम्रो याद आयो, लगनगाँठो, चक्रव्युह, पूजा, अनमोल, कर्णवीर, अजम्बरी नाता, पर्खीबसे, जीवनमृत्यु, सुन्दर मेरो नाम, मन मुटु र माया, खुसी, प्रीतिको फूल, ज्यान हाजिर छ, अंगालो अंगालोमा, दामीनीलगायतका दर्जनौं फिल्मलाई आप्mनो छायांकन कलाले धनी बनाएका थिए। उनले आधा दर्जन भोजपुरी फिल्मको समेत छायांकन गरेका थिए।

छायाँकार प्रधानले तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट फिल्मी क्षेत्रमा करियर शुरु गरेका थिए। फिल्म लेखक, निर्देशक तथा अध्यापक लक्ष्मीनाथ शर्माका अनुसार प्रधानले शुरुमा संंस्थानमा सामान्य कर्मचारीको रुपमा जागिर शुरु गरेका थिए। त्यसपछि संस्थानमार्फत नै भारतको पुणेमा तीन वर्षको छायांकन कोर्स अध्ययन गर्न गएका थिए। उनले त्यहाँबाट फर्केपछि विभिन्न डकुमेन्टझी हुँदै फिचर फिल्मको छायांकन कार्य शुरु गरेका थिए। ञहामीले चलचित्र संस्थानमा सँगै काम गरेका थियौँ। तर, २०४८/४९ तिर चलचित्र संस्थान निजीकरण भएपछि हाम्रो भेट कहिलेकाहीँ सभा समारोहमा मात्र हुन्थ्यो। पुणेबाट छायांकन पढेर आएपछि उहाँले केही डकुमेन्टझी तथा केही फिल्ममा सहायक छायाँकार हुँदै पछि धेरै फिचर फिल्ममा काम गर्नुभयोु शर्माले सम्झिए ञलामो समयदेखि भेटघाट भएको थिएन। राम्रो छायाँकार हुनुहुन्थ्यो, उहाँको निधनको खबरले दुःखी छु।

प्रधानको निधनसँगै आफूहरुले एक असल अभिभावक गुमाएको महसुस गरेको र यसबाट नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षति पुगेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए। ञकेही समयअघि मात्र राम शंकर दाइसँग कुरा भएको थियो ठीकै छ भन्नुभएको थियो। अचानक उहाँको निधनको कुराले सक्ड भएँ। पोहोर बैकुण्ठमान मास्के, त्यसपछि जावेद शाह अहिले फेरि राम शंकर प्रधानजस्ता नेपाली फिल्म क्षेत्रका शुरुआती चरणका छाया∫कारलाई गुमाउनुपर्दा हामी अत्यन्तै दुखी छौँ, उनले भने।उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। ७२ वर्षीय उनको परिवारमा श्रीमती ईश्वरी प्रधान तथा दुई छोरी र एक छोरा रहेका छन्।