कंगनालाई ट्याक्स तिर्नै धौ—धौ


बलिउडकी चर्चित र व्यस्तमध्येकी एक अभिनेत्री कंगना रनावतले कोरोना महामारीका कारण काम बन्द भएकाले सरकारलाई कर तिर्न गाह्रो भएको बताएकी छिन्।

कंगनाले आफू सबैभन्दा बढी ट्याक्स तिर्ने कलाकार भए पनि निषेधाज्ञाका कारण काम ठप्प भएपछि यसपटक कर तिर्न ढिलो भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्। उनले इन्स्टाग्राममा स्टोरी सेयर गर्दै लेखेकी छिन् हुन त म धेरै ट्याक्स तिर्ने कलाकारमा पर्छु। म आयको लगभग ४५ प्रतिशत भाग कर तिर्छु।

तर, काम नचलेको कारणले मैले गत वर्षको आधा भाग पनि कर तिर्न सकेकी छैन। जीवनमा पहिलोपटक ट्याक्स तिर्न ढिलो भएको हो। व्यक्तिगत रुपमा यो हाम्रो लागि कठिन समय हो, तर सबै मिलेर समयभन्दा पनि बलवान हुन सकिन्छ।