निशालाई सघाउन कलाकर्मीले बढाए हात


दुर्घटनामा परी ३ वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी अभिनेत्री तथा मोडल निशा घिमिरेको सहयोगको लागि कलाकारहरुले हात अगाडि बढाएका छन्।निशालाई नर्भिक अस्पतालले उद्धार गरी उपचार शुरु गरेपछि अभिनेत्री करिष्मा मानन्धरले कलाकारलाई कलाकारको साथ भन्ने आव्हान गर्दै उनको पिता प्रेमप्रसाद घिमिरेलाई २५ हजार रुपियाँ सहयोग गरेकी छिन्।

त्यसै गरी नेपाल चलचित्र कलाकार संघकी बरिष्ठ उपाध्यक्षसमेत रहेकी अभिनेत्री रेजिना उप्रेतीले १० हजार रुपियाँ सहयोग गरेकी छिन्। निशाको दर्दनाक अवस्थाबारे थाहा भएसँगै उनलाई देश विदेशबाट सहयोग शुरु भएको हो। यसै क्रमा अमेरिकामा रहँदै आएकी अभिनेत्री उषा पौडेलले पनि २२ हजार रुपियाँ सहयोग पठाएकी छिन्। अमेरिकाबाटै प्रकाश थापाले १० हजार रुपियाँ सहयोग पठाएका छन्। पौडेल र थापाले पठाएको रकम अभिनेत्री रेजिनाले निशाका पितालाई हस्ताननरण गरेकी छिन्।

कलाकर्मीहरुले निशाको आर्थिक र स्वास्थ्य अवस्था बुझेर निःशुल्क उपचारको व्यबस्था गरेकोमा नर्भिक अस्पतालका संस्थापक बसन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गेरका छन्।नेपाल चलचत्रि कलाकार संघका उपाध्यक्ष तथा प्रवत्ता मोहन निरौलाले संघका अध्यक्ष रवीन्द्र खड्काको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरिएको प्रेस विज्ञप्तिमार्पmत जानकारी गराएका छन्।निशाको अवस्थाबारे जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले बिहीबार घमिरेको उद्धार गरेकी हुन्। उनलाई नर्भिक अस्पतालले एम्बूलेन्स ल्याई भर्ना गरेको थियो। प्रारम्भिक जाचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ। अस्पतालका अनुसरका मुटु, मृगौला, कलेजो, फोक्सोलगायतको उनको अंगमा ठूलो समस्या देखिएको छैन। उनको उपचारमा संलग्न चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन्।

बोर्डको सहयोग ५१ हजार

चलचित्र विकास बोर्डले बोर्डअन्र्गतको चलचित्रकर्मी कल्याण कोषबाट निशालाई ५१ हजार रुपियाँ उपलब्ध गराउने भएको छ।कोषको सदस्य रहेकी अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाले कोषबाट उनको स्वास्थ्य सुधारमा सघाउन ५१ हजार रुपियाँ उपलब्ध गराउने निर्णय भएको जानकारी गराइन्। उनले नर्भिक अस्पतालका सञ्चालक वसन्त चौधरी र निर्देशक मेघा चौधरीले कलाकारका लागि दिनु भएको साथ र मायाप्रति आभार व्यक्त गर्दै निशाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन्।