हेल्प डेस्कलाई तामाङ कलाकारको सहयोग


हेटौंडा, (नेस)।

हेटौंडा अस्पताल परिसरमा रहेको हेल्पडेस्कलाई तामाङ कलाकार संघ मकवानपुरले सहयोग गरेको छ।कलाकार संघले डेस्कलाई ५० कार्टुन खानेपानी र २५ प्याकेट मास्क सहयोग गरेको हो। तामाङ कलाकार संघले हेल्पडेस्कमै पुगेर सामग्री सहयोग गरेको हो। सामग्री वितरण कार्यक्रममा तामाङ कलाकार संघ मकवानपुरका कलाकारको उपस्थिति थियो।