शान्तिले ल्याइन् फुटेको भाँडो


युवा पुस्तामाझ लोकप्रियता कमाएका गायक प्रताप दास तथा बोल माया, गलबन्दीजस्ता दर्जनौं सुपर हिट गीतकी गायिका शान्तिश्री परियारले गाएको फरक शैलीको समयसान्दर्भिक लोक तथा दोहोरी गीत फुटेको भाँडो डिजिटल बजारमा सार्वजनिक भएको छ।

शान्तिश्री स्वयंको लय तथा शब्दमा सुदीप सागरले संगीत भरेको गीतमाथि आकर्षक म्युजिक भिडियो पनि निर्माण भएको छ । म्युजिक भिडियोमा रंगमञ्चका कलाकार विजय बराल, टिकटकबाट उदाएकी सुनिशा बजगाईं र अभिनेता सुशील पोखरेलले अभिनय गरेका छन्। गीतमा श्रीमान्–श्रीमती टिकटकका कारण खटपट भएपछि सम्बन्धबिच्छेदका लागि अदालतसम्म पुग्छन्।

अनिल के मानन्धरले छायांकन गरेको म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् भने निर्देशक दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन्। म्युजिक भिडियो शान्तिश्री परियारकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।