गरिमा विकास बैंकको अध्यक्षमा बस्याल



पोखरा, नेस ।

गरिमा विकास बैंकको पोखरामा सम्पन्न १४औं साधारणसभबाट श्यामप्रसाद बस्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ । संस्थापक शेयरधनी समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फबाट ३ जना रहेको सञ्चालक समितिको पहिलो बैठकले बस्याललाई अध्यक्ष निर्वाचित गरेको हो

बस्याल बैंकको स्थापनाकालदेखि सञ्चालक समितिमा रहँदै आउनु भएको थियो । संस्थापक शेयरधनीमा श्यामप्रसाद बस्याल, डा आनन्दप्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण समूहतर्फबाट बिमल पाण्डे, सन्जिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित हुनुभएको छ ।

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुँंजी रहेको विकास बैंकको १३ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपश्चात चुक्ता पुँंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्