माटोको ढिस्काले पुरिएर कैलालीमा तीन जनाको मृत्यु



प्रतिकात्मक तस्वीर

प्रतिकात्मक तस्वीर

न्युज अफ नेपाल, काठमाडौं ।

शनिबार कैलालीमा माटोको ढिस्कोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । जानकी गाउ्रँपालिका वडा नं १ स्थित कालिका वन नजिक माटो खन्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

शनिबार मध्यान्ह १२ बजे १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घटनास्थलमै मृत्यु भएको हो । भने ३० बर्षीय गंगादेवी जयगडीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै ढिस्को परेर घाइते भएका काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्