रसुवामा २ हजार ७ सय ९५ मतदाता थपिए



सरस्वती न्यौपाने ,रसुवा । आगामी निर्वाचनमा ३५ हजार १ सय १८ मतदाताले मतदान गर्न पाउने ०७४ मंसिरमा सम्पन्न निर्वाचनमा ३२ हजार तिनसय २३ मतदाता थिए । यहि माघ १५ गतेदेखि २१ गतेसम्म जिल्लाका पाँचवटै स्थानीय तहका केन्द्रमा कार्यक्रम सञ्चालन गर्नका लागि तयारी सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो ।

मतदाता नामानवी अवधिमा मतदाताले मतदान केन्द्रमा गएर मतदाता नामावली अद्यावधिक गर्न सक्ने प्रकाशित मतदाता नामावलीको त्रुटि सच्याउने, झुट्टा विवरण दिई नामावलीमा समावेश भएको भए सोको विरुद्धमा उजुरी दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानको मात्र कायम गर्नेलगायतका काम हुने छ ।

०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको सदस्य निर्वाचन हुने भएकाले अद्यावधिक कार्यक्रम सुरु गरिएको छ। गएको पुस ५ गतेसम्मको तथ्यांक अनुसार रसुवामा ३५ हजार १ सय १८ मतदाता छन् । पाँच गाउँपालिका रहेको रसुवामा ४५ मतदान केन्द्र र ३४ मतदान स्थल छन् ।

प्रतिक्रिया दिनुहोस्