टेलिभिजनमा सम्बन्ध

0
Shares

सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल सम्बन्ध भोलि शनिबारदेखि टेलिभिजन प्रसारणमा आउने भएको छ। सिरियल एउटा परिवारभित्रको मिलन, द्वन्द्व, तिरस्कार, मायाप्रेमलगायतका विषयमा तयार पारिएको आचार्यले बताए।

सिरियलमा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदीप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रवीन्द्र अधिकारी, बिन्दिया शाही, सरोज दाहाल, अञ्जना श्रेष्ठ, विनिशा सेवालगायतले अभिनय गरको छन्।

काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, नवीन पन्तको गीत र लेखन, उषा मलह (सिम्रन) को स्वर र गौतमराज खड्काको सम्पादन छ।

करुणा आचार्य प्रस्तुतकर्ता रहेको टेलिसिरियलमा सरला भण्डारी र अञ्जना श्रेष्ठ निर्माता, गीता आचार्य कार्यकारी निर्मात्री छिन्। टेलिसिरियल प्राइम टाइम्स एचडीबाट शनिबार राति प्रसारण हुनेछ। टेलिसिरियलको पोस्ट प्रोडक्सन मोसन स्टुडियोमा गरिएको हो।