सरकारविरुद्ध पाल्पा कांग्रेस

0
Shares

कविराज नेपाल, पाल्पा । 

वर्तमान सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै देशव्यापी कार्यक्रम गरेको नेपाली कांग्रेस पाल्पाले सोमबार पाल्पा जिल्ला सदरमुकाम तानसेनमा पनि र्‍याली, प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ ।

सदरमुकाम तानसेनस्थित पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन आन्दोलनचोक, नारायणस्थान, शीतलपाटी, हुलाकचोक हुँदै विशालबजारमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य राजन पन्तले वर्तमान सरकारको काम–कारबाहीबाट जनता सन्तुष्ट हुन नसकेको र सरकार पार्टी र व्यक्तिगत स्वार्थमा फसेको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेस पाल्पाका सभापति एवं प्रदेश सांसद वीरबहादुर रानाले नेपाली कांग्रेसले सरकारले गरेका ज्यादती, भ्रष्टाचार र कुशासनका विरुद्ध सशक्त ढंगले प्रतिकार गर्ने बताउनुभयो । उहाले सरकार जनसरोकारका विषयमा भन्दा पनि पार्टीभित्रको झगडा, भ्रष्टाचारमा केन्द्रित रहेको वताउँदै नेपाली कांग्रेस जनतको पक्षमा रहेको बताउनुभयो ।