चालीस योजनामा बजेट बाँडफाड

0
Shares

सरस्वती न्यौपाने, (रसुवा) ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको सबै बजेट पूर्वाधार निर्माणका लागि बाँडफाँड भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गतको ४ करोड बजेट पाँचवटा गाउँपालिकाको विकासका लागि बाँडफाड भएको हो ।

यो कार्यक्रम निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा रहने समितिबाट छनोट गर्नुपर्ने प्रावधान छ । उक्त प्रावधानअनुसार रसुवाको सांसद मोहन आचार्यको संयोजकत्वको समितिले सबै रकम पूर्वाधारमा लगाउने निर्णय गरेको हो ।

जिल्लाको पूर्वाधार विकासका लगि सबैभन्दा बढी बजेट नौकुण्ड गाउँपालिकामा विनियोजन भएको छ । उक्त गाउँपालिकालाई १ करोड १० लाख विनियोजन गरिएको छ भने सबैभन्दा कम आमाछोदिङमो गाउँपालिका लागि ३० लाख बजेट विनियोजन भएको छ । उक्त कार्यक्रमबाट गोसाइँकुण्ड गाउँपालिकाले ८५ लाख, उत्तरगया गाउँपालिकाले ८५ लाख र कालिका गाउँपालिकाले ८५ लाख बजेट पाएको जिसस रसुवाले जनाएको छ ।