यौनजन्य दुव्र्यवहारविरुद्ध विशेष अभियान

0
Shares

नेपाल समाचारपत्र, स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजानिकस्थल तथा सार्वजानिक सवारीसाधानमा हुने यौनजन्य दुव्र्यवहारविरुद्ध विशेष अभियान शुरु गरेको छ । कसैलाई पनि यौन दुव्र्यवहार नगरौं, सभ्य र असल नागरिकको परिचय दिऔं भन्ने नाराका साथ प्रहरीले सेफ्टी पिन क्याम्पियन शुरू गरेको हो ।

अभियानअन्तर्गत प्रहरीले सार्वजानिक सवारीसाधनमा सवार यात्रु, चालक तथा सहचालकहरुलाई सचेतनामूलक पर्चाहरु वितरण गरिएको छ । महिलालाई सम्मान गर्ने, कुनै प्रकारको दुव्र्यवहार नगर्र्ने, सार्वजानिकस्थल तथा यातायातका साधनहरूमा करणीको आशयले महिलाहरुलाई छुनेलगायतका अशोभनीय व्यवहार नगर्न प्रहरीले आग्रह गरेको छ ।

सार्वजानिक स्थानमा दुव्र्यवहार तथा हिंसा भएमा नजिकको साथीभाइ, अन्य व्यक्तिको सहयोग लिने, ठाउँ छोड्ने, कडा भाषा वा कुनै किसिमको प्रतिकार गर्ने, अझ असुरक्षित महसुस भएमा प्रहरीलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ । यस्ता कार्य तथा कसूरहरु कसैले सार्वजानिस्थल वा सार्वजानिक यातायातका सवारीसाधनमा गरेमा तत्काल प्रहरीको फोन नम्बरमा सम्पर्क गर्ने अनुरोधसहितको पर्चाहरु प्रहरीले यात्रु, चालक तथा सहचालकहरुलाई वितरण गरेको हो । प्रहरी नगर्न भनेका यस्ता क्रियाकलाप गरेमा ३ वर्ष कैद वा ३० हजारसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।