स्वास्थ्यमन्त्री भन्छन् ‘अबको ४ महिनामा १ लाख ४८ हजारमा हुनसक्छ कोरोना संक्रमण’

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अबको ४ महिनामा १ लाख ४८ हजार जनामा कोरोना भाइरस संक्रमण हुन सक्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री ढकालले अबको ४ महिनामा कोरोना संक्रमितको संख्यामा बृद्धि हुनसक्ने सरकारको आँकलन रहेको बताएका हुन् ।

पछिल्लाे समयमा सरकारले कोरोना परीक्षण ह्वात्तै घटाएको छ । दैनिक कोरोना संक्रमितको संख्यामा कमी देखिएपनि समुदायमा भने कोरोना संक्रमितको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ । सरकारले कोरोना संक्रमण पुष्टि हुनेहरुले आफै उपचार गर्नुपर्ने नियम बनाएपछि सर्वसाधारणहरु कोरोना परीक्षण समेत गर्न डराउन थालेका थिए ।

यद्यपी सर्वोच्चको आदेशपछि सरकारले पुन: संक्रमितको उपचार आफै गर्ने घोषणा गरेको छ । पछिल्लो समयमा कोरोना संक्रमण देखिएपनि अस्पताल नगई होम आईसोलेसनमा बस्ने संख्या अत्याधिक देखिएको छ ।