जयनगर–कुर्था रेलमार्ग सञ्चालनबारे नेपाल–भारतबीच छलफल

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। बैठकमा भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देलले गरेका थिए ।

उक्त बैठकमा भारतको तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय राजदूतावास, कोंकण रेलवे तथा ICON का वरिष्ठ अधिकारीहरुको सहभागिता थियो भने नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक लगायत नेपाल सरकार गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो ।

संयुक्त कार्यदलको उक्त बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरको छ।

यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षबीच छलफल भएको हो। त्यस्तै बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवालाई सुचारु गर्नका निमित्त आवश्यक पर्ने Standard Operating Procedures (SDP)बारे पनि चर्चा गरिएको छ।