नेकपाको सचिवालय बैठक सकियो, प्रचण्डको प्रस्तावको विरुद्ध ओलीको पनि प्रस्ताव


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सकिएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने जानकारी गराउनुभएको छ ।

बैठक मंसिर १३ गते बस्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यसैगरी मंसिर १८ गते स्थायी कमिटी र २५ गते पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावको विरुद्ध आगामी बैठकमा अध्यक्ष ओलीले पनि प्रस्ताव पेश गर्नुहुने भएको छ ।