दिउँसो १ बजेका लागि तय गरिएको मन्त्रिपरिषद बैठक २ बजे बस्ने


काठमाडाैँ ।

आज (बुधवार) दिउँसो १ बजेका लागि तय गरिएको मन्त्रिपरिषद बैठक एक घण्टा पर सारिएको छ । दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

‘मन्त्रिपरिषद बैठक दिउँसो २ बजे बस्ने गरी सूचना आएको छ,’ एक मन्त्रीले भने, ‘आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टा धकेलिएको हो।’

नेकपा सचिवालय बैठक आज १ बजे बालुवाटारमा बस्दैछ।

बैठक दिउँसो १ बजे बालुवाटारमै सचिवालय बैठक बस्ने तय भएको थियो ।

आजको सचिवालय बैठक सार्ने पक्षमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्य भने सचिवालय बैठक आजै गर्ने पक्षमा छन्।

सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता गराउने प्रयास प्रचण्डले अस्वीर गरेपछि ओलीले बैठक जुधाएर काउन्टर दिन खोजेका थिए तर पछि क्याबिनेट एक घन्टा पर सारिएको छ ।