पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न आग्रह


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका छन् ।

नेकपाभित्र विवाद चर्कदै जाँदा बुधबार बिहान रावलले ट्वीट गरेका छन्- फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न आग्रह गरेका छन् ।

उनले पार्टीमा देखिएको समस्याको निकास बैठकबाट खोज्नुपर्ने उल्लेख गरेका छन् ।

‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।’ उनलले लेखेका छन् ।