ओलीलाई गौतमको जवाफ–प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता हुँदैन


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । लामो विवादपछि बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनु पर्ने विषयलाई लिएर पुनः नयाँ विवाद सुरु भएको हो । सचिवालय बैठकमा बहुमत सचिवालय सदस्य प्रचण्ड पक्षमा देखिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक भेटघाट बढाएका छन् । शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएका प्रधानमन्त्री ओलीले आइतवार पार्टीका उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्नुभएको छ । भेटमा उपाध्यक्ष गौतमले ओलीलाई पार्टीभित्र देखिएका समस्याको समाधान बैठकबाटै खोज्न सुझाव दिनुभएको छ । गौतमले प्रचण्ड वा माधव नेपाललाई गालि गरेर समस्याको समाधान नहुने भन्दै बैठक बसेर प्रस्तावका बारेमा छलफल गर्दै अघि बढ्न सकिने अवस्था कायमै रहेको सुझाव दिएको बताइएको छ ।
बालुवाटारमा गौतम पुग्दा महासचिव तथा अर्थमन्त्री समेत विष्णु पौडेल पनि सहभागी रहेका थिए । भेटामा ओलीले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता नलिए समस्या बढ्दै जानसक्ने भन्दै प्रचण्डलाई त्यसबारे कन्भिन्स गर्न आग्रह गर्नुभएको थियो । तर जवाफमा अहिलेको समस्याको समाधान भनेको बैठक बसेर प्रस्तावहरुमाथि बैठकमा छलफल गरेर अगाडि बढनुको विकल्प नभएको बताउनुभएको थियो । प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने ओलीपक्षीय नोतहरुको भनाई रहँदै आएको छ । उनीहरुले एकल रुपमा अध्यक्ष प्रचण्डले प्रस्ताव पेश नै गर्न नमिल्ने जिकिर गरेपछि उपाध्यक्ष गौतमलगायतका नेताहरुले उक्त प्रस्ताव ५ पाँचै जना नेताले छलफलमा ल्याइएको बताएका छन् । प्रचण्डसहित ५ जना नेता नै प्रस्तावको पक्षमा उत्रिएपछि ओली आफु अल्पमतमा परेको महशुस गर्दै आउनभुएको छ ।

भेटमा गौतमले ओलीलाई सामूहिक नेतृत्व प्रणाली स्वीकार गर्दै स्वेच्छाचारी प्रवृत्ति त्याग्न आग्रह गदै सचिवालय बैठकमै आफ्ना कुरा राख्न भन्दै गौतमले सरकार पार्टीको मार्गनिर्देशन, नीति र घोषणाअनुसार चलाउन सुझाव दिनुभएको थियो ।भेटमा प्रधानमन्त्रीले वामदेवलाई मन्त्रालय रोजेर सरकारमा आउन आग्रह गरेपनि जवाफमा गौतमले पहिला कार्यशैली सच्याएर अगाडि बढ्नु पर्ने र अहिले नै मन्त्री बन्ने मनस्थितिमा नरहेको बताउनुभएको थिाये ।