रुपन्देहीमा चक्कु प्रहार गरी बाबुद्धारा आफ्नै छोराको हत्या

0
Shares

यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको तिलोत्तमामा चक्कु प्रहार गरी बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।
जिल्लाको तिलोत्तमा नगरपालिका–११संञ्जिवनी टोलका ४३ वर्षीय शेर बहादुर गुरुङले शनिबार साँझ आफ्नै १९वर्षका छोरा पदम बहादुर गुरुङलाईचुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
बाबुको चुक्कु प्रहारबाट बायाँ खुटाको तिग्रामा गम्भीर चोट लागेका पदमको बुटवल स्थित लुम्बिनी प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनु भयो ।
चक्कु प्रहारबाट घाइते पदमलाई लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा सामान्य उपचारपछि डिस्चार्ज भएकोमा शनिबार राती करिव ११ बजेतिर एक्कासी बेहोस भएपछि पुनः सोही अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने उनका बुबा शेर बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनु भयो ।