गैरआवासीय नेपाली संघ स्पेनद्वारा दुई मृतकका आफन्तलाई सहयोग रकम हस्तान्तण


दिपेन्द्र गजुरेल,स्पेन ।

गैरआवासीय नेपाली संघ स्पेनले एक महिना भित्र मृत्यु भएका दुई नेपाली परिवारलाई आर्थिक रकम हस्तान्तरण गरेको छ । स्पेनको आलिकान्ते कोष्टाब्लाङ्क आल्तियामा लामो समय देखि बस्दै आएका भरतराज न्यौपानेको १५ वर्षकी छोरी भविष्यता न्यौपानेको बल्ड क्यान्सरबाट अल्पआयुमै ४२ दिन अस्पताल बसाई पछि मृत्यु भएको थियो ।

एनआरएनए स्पेनले विभिन्न संघ संस्थाहरूलाई एकिकृत गर्दै संकलन गरिएको रकम ८ हजार ७ सय ८१ युरो भरतराज न्यौपानेलाई हस्तान्तरण गरिएको एनआरएनए अध्यक्ष दिनेश गुरूङ्ग (देउकाजीले) नेपाल समाचारपत्रलाई बताउनुभयो ।

अध्यक्ष गुरूङ्गले भने ‘गैरआवाशिय नेपाली संघले विभिन्न समयमा भैईपरि आउने हरेक दुख सुखमा सहयोग गर्दै आइरहेको र कोरोना भाइरसबाट पिडित नेपालीहरूलाई प्याकेजको रूपमा खाध्यान्न सामाग्रीहरू समेत सहयोग गरेको बताउनुभयो । मृतकका पिता भरतराज न्यौपानेले दुखको समयमा गैरआवाशिय नेपाली संघ तथा विभिन्न समाजिक संघ संस्थाहरू प्रति कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।

यसैगरी एनआरएनए स्पेनका उपाध्यक्ष एवम् युजिटि म्याड्रिड अल्कोबेन्दास सेक्टर स्पेनका स्पोर्टस् अध्यक्ष उत्तर कुमार राईले नेपालीका लागि नेपाली नारामा मात्र होईन अब ब्यवहार पनि देखिनुपर्ने भन्दै आ-आफ्नो क्षेत्रका नेपालीहरूलाइ समस्या परे मुख ताक्ने भन्दा पनि अर्को नेपालीले स्वतस्फुर्त रूपमा अगाडी बढेर सहयोगको हात बढाउन प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

स्पेन सरकारले बार्सिलोना र म्याड्रिड लगायत ठाउहरूलाई पुन लकडाउन जारी गरेको भएता पनि लकडाउनको प्रवाह नगरी एनआरएनए अध्यक्ष दिनेश गुरूङ्ग ९देउकाजी० उपाध्यक्ष उत्तर कुमार राई,सचिव मेघनाथ ढकाल,कोषाध्यक्ष गोविन्द तिमिल्सिना सदस्य शुन्दर गुरूङ्ग, क्षेत्रिय समिति अध्यक्ष शुजिल गोले,सचिव सागर श्रेष्ठ,मोना स्पेन र पर्वत समाजका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

नेपाल स्पेन समाज कोष्टाब्लाङ्कका अध्यक्ष अकल बोहरा लगायत विभिन्न समाजिक अभियान्ताहरू लगायत एनआरएनए स्पेनका संस्थापक आइसिसि सदस्य विरेन्द्र श्रेष्ठले समेत दुखमा परेका नेपालीहरूलाई सहयोगका निम्ति सदैव हात्तेमालो गर्ने वर्तमान कार्यसमिति प्रति आभार प्रकट गर्नुभएको थियो ।

यसैगरी एनआरएनए स्पेनले बार्सिलोनामा २६ अगष्टमा मृत्यु भएका धन बहादुर केसिका परिवारलाई एनआरएनए स्पेनले १५ हजार ३ सय ६२ युरो सहयोग गरेको थियो ।