घोडाको हड्डी भरिएको पार्सल


ज्याक्सनभिल्ले,(एजेन्सी)

अमेरिकाको फ्लोरिडा स्थित भंसार अधिकारीहरुले हंगेरीबाट मेल मार्फत आएको एउटा अस्वाभाविक प्याकेज जफत गरिएको बताएका छन् । त्यस भित्र घोडा पूर्ण अस्थिपन्जर राखिएको बताइएको छ ।

ज्याक्सनभिल्ले अन्तर्राष्ट्रिय हुलाक निकायका भंसार तथा सिमाना रक्षा अधिकारीहरुका अनुसार विशेषज्ञहरुले त्यस प्याकेट भित्र २ सय वटा भन्दा बढि घोडाका हड्डी फेला पारेका हुन् ।

मायामि र टाम्पा फिल्ड कार्यालयका यस निकायको फिल्ड अपरेसनका निर्देशक डानियल एलोँसोले झण्डै एउटा घोडाको अस्थिपन्जर बन्ने सत हड्डीको तस्वीर ट्विट गरेका छन् । उनले यस प्याकेजको पशु चिकित्सकिय सेवा अनुमति साथमा नरहेको कारण यसलाई उल्लेखित गन्तव्यमा नपु¥याइने पनि बताएका छन् ।