ग्यास सिलिन्डर विस्फोट हुँदा ११ घाइते

0
Shares

काठमाडौं, (नेस)

राजधानीको नयाँ बजारस्थित फलफूल चोकमा बिहीबार ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्फोटपछि आगलागीसमेत भएको जनाइएको छ ।

विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको उहाँले जानकरी दिनुभयो । उक्त घटनाका कारण वरिपरिका घरमा समेत क्षति पुगेको जनाइएको छ ।

नीलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो । उहाँका श्रीमान्को बुधबार मात्रै निधन भएको थियो । परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ ।

चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।