बंगलादेशमा बलात्कार विरुद्ध मृत्युदण्डको व्यवस्था


ढाका,(एजेन्सी)

बंगलादेश सरकारले वलात्कारी विरुद्ध मृत्युदण्डको व्यवस्था गर्न लागेको छ । मुलुकमा महिला विरुद्ध हुने गरेका यौन हिंसा विरुद्ध लामो समयदेखि भइरहको विरोध प्रदर्शनपछि सरकार यो कदम चाल्ने निर्णयमा पुगेको हो ।कानुनमन्त्री अनिसुल हकले राष्ट्रपतिले मंगलावार एउटा विशेष आदेश जारी गर्दै यसलाई कानुनी मान्यता दिने जानकारी दिएका छन् ।

गत साता एकजना ३७ वर्षिया महिला माथि निर्मम ढंगले भएको सामुहिक वलात्कारको भिडियो फुटेज सामाजिक संजालमा भाइरल भएपछि ब.गलादेशभरि आक्रोसको लहर फैलिएको थियो ।मानव अधिकारवादी अभियनताहरुका अनुसार अधिकांश महिलाले वलात्कारको घटना सार्वजनिक भएपछि समाजमा बदनाम हुने भएकाले घटनालाइ गुपचुपै राखने गरेको दावी गर्छन् ।

यस्तो घटना प्रहरीमा उजुरी गर्नेको संख्या निकै न्युन रहेको छ । पछिल्लो जन प्दर्शनले वलात्करी अन्य प्रकारका यौन हिंसा गर्नेहरु विरुद्ध छिटो र कडा कानुनी कारवाहीको वयवस्थाका लागि आवाज उठाएका हुन् ।

बंगलादेशको राष्ट्रय मानव अधिकार आयोगले गरेको अनुसन्धानबाट भाइर भिडियोमा देखिएकी ति महिलालाई दक्षिणपुर्वी नोखालिम जिल्लामा लामो समय देखि डर धम्की देखाई पटक पटक वलात्कार हुँदै आएको रहस्य पत्ता लगाएको छ । उक्त काण्डमा आठजना पुरुषलाई प्रहरीले गिरफतार गरेका छन् । न्युज अफ नेपाल डटकमबाट