चुनाव प्रचार मैदानमा उत्रिए ट्रम्प


वासिंगटन,(एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना पोजिटिभ भएको दुई साता नबित्दै चुनाव प्रचार प्रशार अभियानमा फर्केक छन् । चिकित्सकहरुको स्वास्थ सतर्कताको सुझावलाई अवज्ञा गर्दै ट्रम्प यसरी चुनावी अभियानमा निस्केका हुन् । फलोरिडाको स्यान्डफोर्डको खुल्ला स्थानमा आयोजित ¥यालीमा उनका हजारौं समर्थक उपस्थित भएका छन् । ट्रम्पको आगामी चारदिन भित्र चुनावी अभियानका लागि रोकिने पुर्व नियोजित स्थान मध्ये फ्लोरिडा पहिलो हो ।

आगामी ३ नोभेमवर सम्मा राष्ट्रपतिय निर्वाचनमा आ–आफ्नो मत सुरक्षित गर्नका लागि रिपब्लिकन ट्रम्प र उनका डेमोक्रेट प्रतिद्वन्द्वी जो वायडनबिच अहिले कडा प्रतिस्पर्धा भइरहेको छ । सोमवार अर्को महत्वपूण राज्य ओहाइयोमा वाइडनले ¥यालीलाई सम्बोधन दिएका थिए ।

पछिल्ला ेमत सर्भेक्षण अनुसार राष्ट्रव्यापिरुमा वाइडन ट्रम्प भन्दा १० अंकले अगाडि रहेका छन् । तर उनकाे केहि अन्य मह्त्वपूर्ण राज्यमा कम रहेको मत सर्भेक्षण गरिरहेको निकाय रियल क्लियर पोलिटिक्सले जनाएको छ । एघार दिन अघि कोभिड १९ पोजिटिभ देखिएका ट्रम्पलाई त्यसको भोलिपल्टै सैनिक अस्पताल वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना गरिएको थियो ।