चीनको एउटा सिंगो शहरकै कोरोना परीक्षण


बेइजिङ, (एजेन्सी)
चीनको क्विन्गादाओ शहरले ९० लाख बासिन्दाको कोभिड–१९ परीक्षण गराउने भएको छ। विदेशबाट फर्केका करिब १२ मानिस कोरोना भाइरस संक्रमणको उपचार गराउन अस्पतालमा भर्ना भएपछि चीन सरकारले आम मानिसको परीक्षण कार्यक्रम अघि सार्न लागेको हो।
गत मे महिनामा कोरोना भाइरसको शुरुआत भएको हुवेई प्रान्तको १ करोड १० लाख जनसंख्या भएको उहान शहर यस महामारीको केन्द्रविन्दु नै बनेको थियो। चीनले कोरोना भाइरस महामारीलाई करिब–करिब नियन्त्रणमा ल्याउन सफल भएको छ।
जबकि, हाल पनि विश्वका अन्य मुलुकमा संक्रमणको दर बढ्ने क्रम र लकडाउन जारी नै रहेको पाइन्छ। चिनियाँ सामाजिक सञ्जाल वेइवोमा राखिएको विज्ञप्तिमा क्विन्गादाओ महानगर स्वास्थ्य आयोगले ६ जना नयाँ संक्रमित र तथा अन्य ६ जना लक्षण देखिन नसकेका संक्रमित फेला परेको जनाइएको छ। चिनियाँ सरकारी मुखपत्र दि ग्लोबल टाइम्सले सम्पूर्ण संक्रमित घटनाको एउटै अस्पतालसँग मात्र सरोकार रहेको जनाएको छ।
आयोगले पाँचवटा जिल्लामा कोरोना परीक्षण कार्यक्रम शुरू भइसकेको र पाँच दिनभित्र शहरभरिको परीक्षण कार्य सकिने पनि जानकारी दिएको छ। साथै, आयोगले यस परीक्षणको दौरान करिब १ लाख १४ हजार ८ सय ६२ जनामा भाइरस नेगेटिभ देखिएको जनाएको छ।
चीनको गोल्डेन विक होलिडे सकिएको एक सातापछि यसरी नयाँ संक्रमित देखिएका हुन्। ग्लोबल टाइम्सले उक्त अवधिभित्र ४४ लाख ७० हजारले सो शहरमा आवतजावत गरेको पुष्टि भएको छ।