रातो मच्छिन्द्रनाथ रथयात्रा विवाद : पक्राउ पर्ने १६ जनाको रिहाइका लागि जिप्रका घेराउ गरिँदै


सुनील महर्जन, ललितपुर

लोकेश्वर बुंगद्यः (रातो मच्छिन्द्रनाथ) र रथयात्रा आइतबार औपचारिकतामा समापन गरिरहँदा पक्राउ परेकाहरुको रिहाइका लागि विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।

गत भदौ १८ गते बिहीबार स्थानीयले आफूखुसी तानेर पु¥याइएको स्थानदेखि २० मिटर तानेर आइतबार पुल्चोकको मण्डः पाटीमा पु¥याइएको छ । रथयात्रा भइरहँदा नागबहाल, चल्खु, जावलाखेलमा पक्राउ परेकाहरुलाई रिहाइ गर्न मानिसहरु दबाब दिन भेला भएका थिए । रथयात्रासँगैै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण वैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो।

बिहीबार पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ तानेर करिब डेढ सय मिटर टाढा पु¥याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसयता रथ सडकको बीचबाटैमा थियो । त्यसपछि सरोकारवाला निकाय र गुठी खलहरुको संयुक्त बैठकले रातो मच्छिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो।

रथयात्राका क्रममा निश्चित गरिएका व्यक्तिबाहेक अन्यलाई प्रवेश दिइएको थिएन । भाद्र २६ गते रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लाने साइत निस्कने बताइएको छ । पुल्चोक घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गर्दै छ । प्रहरीले रातो मच्छिन्द्रनाथ रथ तान्नेक्रममा भएको झडपको सिलसिलामा १६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सार्वजनिक मुद्दाअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।पक्राउ पर्नेहरुमा ललितपुर महानपा–११ का पृथविन्दु महर्जन, अनिल खड्गी, १६ नम्बर गाःबहालका महेश वज्राचार्य, रवीन शाक्य, २१ नम्बरका असोजकुमार महर्जन, ६ नम्बरका रवि शाक्य, ७ नम्बरका रत्नलाल श्रेष्ठ र २० नम्बरका नरेश शाक्य छन् ।

महालक्ष्मी नगरपालिका–१ इमाडोलका सुविन शाक्य, ध्रुवराज वज्राचार्य र अनिस महर्जन, भक्तपुरका श्याम था, निरज वादे र काठमाडांैका यादवलाल कायस्थ रहनुभएको छ ।

पक्राउ परेकाहरुलाई निःसर्त रिहा गर्न मच्छिन्द्रनाथका पुजारीहरुको संगठन ३२ पानेजु संघ, ज्योतिषि, बाराही, य‘वाल, धकुलगायत १९ जातिय खलःले सामूहिकरुपमा माग गरेका छन् । उनीहरुले विज्ञप्ति नै जारी गरी भाद्र १८ गते अप्रत्यासितरुपमा तानिएको रथयात्राको घटनाको क्रममा पक्राउ गरिएकालाई विनासर्त अविलम्ब रिहाइ गरी मच्छिन्द्रनाथको रथ यात्रा सुुव्यवस्थित गर्न अपिल गरेका छन् ।

उनीहरुले ललितपुर जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर जावलाखेलमा आइतबार यसबारेमा ध्यानार्कषण पनि गरेका छन् ।

यसैबीच आइबार पूर्वप्रतिबद्धताअनुसार प्रहरी प्रशासनले हिरासतमा राखिएकालाई रिहाइ नगरिए आज सोमबार जिल्ला प्रशासन कार्यालय घेराउन गर्ने कार्यक्रम तय गरेका छन् ।

रथयात्रा विवादलाई शुरुदेखि नियाल्ने पाटनबासीले ट्राफिक प्रहरीमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्नु स्वाभाविक भए पनि कफ्र्यु लगाएर घर–घरमा गई युवाहरुलाई पक्राउ गर्ने, प्रहरीमाथि आक्रमण गर्नुअघिका गतिविधिमा मात्र संलग्न व्यक्तिलाई पनि दुःख दिने नियतले व्यवहार गर्ने कार्य भने आपत्तिजनक रहेको बताएका छन् ।